नियम
बिमकको दर्ताको लागि निवेदन दिनुपर्ने
(१) बिमा व्यवसाय गर्न चाहने स्वदेशी वा विदेशी संगठित संस्थाले बिमकको रूपमा आफ्नो नाम दर्ता गर्नको लागि पचास हजार रुपैयाँ बिमक दर्ता दस्तूर समेत संलग्न राखि अनुसूची–१ बमोजिमको ढाँचामा समितिको
कार्यालयमा निवेदन दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिने संगठित संस्थाले सो निवेदनसाथ ऐनको दफा १० को उपदफा (२) मा उल्लिखित कागजातहरूका अतिरिक्त देहायका विवरणहरूलाई पुष्ट्याँइ गर्ने अन्य आवश्यक कागजातहरू समेत संलग्न गर्नुपर्ने छ ।
(क) बिमा व्यवसाय गर्दा संगठित संस्थाले धारण गर्ने कुल दायित्व सो संगठित संस्थाको कुल सम्पत्ति भन्दा बढी नभएको ।
(ख) विदेशी संगठित संस्था भए त्यस्तो संगठित संस्थाले नेपाल भित्र गर्ने बिमा व्यवसायको कुल दायित्व निर्वाह गर्नको लागि सो संगठित संस्थाको नाममा नेपाल  भित्र पर्याप्त सम्पत्ति रहेको ।
(ग) संगठित संस्थाको तर्फबाट बिमा व्यवसाय संचालन गर्ने सम्बन्धमा प्रमुखको हैसियतबाट दायित्व निर्वाह गर्ने
व्यवस्थापकको नाम, ठेगाना र योग्यता खुलेको प्रमाणपत्र ।
(घ) विदेशी बिमकको रूपमा दर्ता भएको संगिठत संस्था भए सम्बन्धित मुलुकको अधिकार प्राप्त अधिकारीबाट सो मुलुकको प्रचलित कानून बमोजिम बिमा व्यवसाय गर्न प्राप्त गरेको प्रमाणपत्र ।
(ङ) ……………..